थाल ठटाएर पत्रकारले गरे प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७७, बुधबार ०४:४५

काठमाडौं। विभिन्न सञ्चार गृहबाट पीडित बनेका पत्रकार तथा कर्मचारीले मंगलबार बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्द्धन समिति र सञ्चार गृहका पीडित पत्रकार/ कर्मचारीले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।

श्रमजीवी पत्रकार ऐन कार्यान्वय नगर्ने/ नगराउने सरकार कहाँ छ भन्दै उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका हुन्।

कानुन नमान्ने सञ्चार गृहको सूची सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई तिनलाई कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१