सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७७, मंगलवार ०४:४०

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको बताएका हुन् । डा गौतमलले असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड कमाण्ड समितिको बैठकले यस्तो निर्णय गरिएको बताए । उनले स्वास्थ्य सेवा विभागसँग भएका आइसीयु, भेन्टिलेटर अक्सिजनहरु सघन उपचारका लागि उपत्यकाका अस्पतालहरुमा व्यवस्थापन गर्ने निर्णय गरिएको बताए ।

यस्तै अस्पतालहरुमा कुनै पनि रोगका बिरामीको आकस्मिक अवस्था बाहेकका शल्यक्रिय नगराउन पनि सबै अस्पतालाई मन्त्रालयले निर्देशन दिएको छ । संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्र शल्यक्रिय गर्न उपत्यकाका सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

उनले महमोहन शिक्षा अस्पताल दहचोक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तीपुरमा संचालित आइसोलेसन सेन्टरलाई लक्षण सहितका कोरोना संक्रमित राख्ने गरी स्तरउन्नति गर्ने निर्णय गरिएको छ ।

यस्तै सार्वजनिक स्थल, सार्वजनिक यातायताहरुका संचालन ताथ व्यवस्थापकलाई कोरोना नियन्त्रणका लागि भूमिका निभाउन, उक्त स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गराउन सम्बन्धित मन्त्रालयलाई परिपत्र गर्ने निर्णय समेत गरेको छ ।

यस्तै चाडपर्व मनाउन हुने यात्रा तथा चहलपहल नियन्त्रणको पहल गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुसँग अन्य व्यक्तिको प्रत्यक्ष भेटघाट नहोस् भनेर वडा स्तरमा सचेतनात्मक कार्यक्रम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

यस्तै वडा स्तरबाट नै होम आइसोलेसनमा भएका संक्रमति तथा उनीहरुको सम्र्कपमा आउनेहरुलाई निगरानी गराउन निर्देशन दिने निर्णय भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१