काठमाडौं । लालबन्दी नगरपालिकाले झलनाथ फाउन्डेशनलाई सर्प पाल्न भनेर दिएको १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ गाडी, क्यामेरा लगायतमा खर्च भएको खुलेको छ ।
नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले खनालको एन्टिभिनम उत्पादन तथा अनुसन्धान केन्द्रले गरेको खर्चको विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा राखेको विवरण अनुसार फाउन्डेसनले निम्नानुसार खर्च गरेको छ-
१) गाडी खरिद रू ४९,४४,०००।-
२) गाडी मर्मत रू ३,४१,०००।-
३) इन्धन खर्च रू १०,८३,०००।-
४)फर्निचर रू १८,८०,०००/-
५)एसि खरिद रू ३,६०,०००।-
६)क्यामेरा रू ३,१२,०००।-
७) हवाइ भाडा र भत्ता रू ४,००,०००।-
उनले लेखेका छन, ‘यसबाहेक संघीय सरकारको रू ७० करोड र प्रेदश सरकारले दिने थप रकम कहाँ के के मा खर्च हुने हो ? विवरण आउन बँकी छ।’
विस्तृत विवरण यहाँ छ-
प्रतिक्रिया