काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा तत्कालका लागि स्थगित भएको छ । क्यानका पदाधिकारीमा कोरोना देखिएपछि साधारणसभा स्थगित भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसअघि अक्टोेबर १५ भित्र साधारण सभा गरिसक्न भनेपछि क्यानले यहिँ २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।
चितवनमा असोज पहिलो हप्ता बसेको क्यानको बोर्ड बैठकले साधारण सभा २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।
क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव असोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहिले साधारणसभा स्थगित भएको हो ।
क्यानले आईसीसीलाई माघ १५ भित्र साधारणसभा गरिसक्ने भन्दै पत्र काट्ने तयारी गरेको क्यान स्रोतले बताएको छ ।
‘यसअघि आईसीसीले अक्टोबर १५ भित्र गर्न भनेको थियो । तर, अहिले पदाधिकारीहरुलाई नै कोरोना देखिइसकेपछि पछि सार्न खोजिएको हो,’ क्यान स्रोतले भन्यो, ‘अब माघ १५ भित्र गरिसक्ने गरि तयारी थाल्ने क्यानले बताएको छ ।’
आईसीसीले एक वर्षभित्र वार्षिक साधारण सभा गर्नुपर्ने र त्यसमा पछिल्लो एक वर्षमा क्यानले गरेका कामदेखि अडिट रिर्पोटहरु सार्वजनिक गर्नुपर्ने म्यान्डेट राखेको थियो ।
प्रतिक्रिया