कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता गरेर गलत भयो : प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७७, मंगलवार ०४:२८

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् बैठकमा ओलीले आफूलाई नसोधिकन प्रस्ताव दर्ता गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रधानमन्त्रीले आफूले कर्णालीको अवस्थाका बारेमा बुझेको भन्दै निर्णय फिर्ता गरेर पार्टीको निर्णय मान्नुपर्ने बताए । उनले भने, ‘म प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँ । अविश्वासको प्रस्ताव दर्ता गर्दा मलाई पनि सोधिएन । मैले सोधेको थिए, उनीहरुले केन्द्रबाट सिकेको भनेका थिए ! निर्णय फिर्ता गर्नुपर्छ । यो जे भयो गलत भयो ।’

प्रधानमन्त्री ओलीले कर्णालीमा दर्ता गरिएको प्रस्ताव फिर्ता हुने संकेत गरेको  जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१