काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा सन् २०१८ उत्पादन मिति भएको जापानीज चामल भेटिएको छ ।
आज महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली पुग्दा कम्पनीले यो चामल बिक्री गरिरहेको फेला पारेको हो ।
चामलका बोरामध्ये केहीमा उत्पादन मिति थियो भने केहीमा २०१९ लेखिकएको भएपनि अधिकांशमा यस प्रकारको लेवल नै नभएको पाइएको अनुगमन टोलीले बताएको हो ।
कम्पनीका वरिष्ठ लेखा अधिकृत नरनाथ अधिकारीकाअनुसार यो चामल जापान सरकारले खाद्य सहयोगका रुपमा उपलब्ध गराएको चामल हो । गएको पुस महिनामा यो चामल प्राप्त भएको थियो ।
खाद्य वस्तु कुनैमा लेवल देखिएन त ? भन्ने प्रश्नको जवाफमा कम्पनीका गुणस्तर अधिकृत दीपा लामिछानेले भने, ‘हामी लेवल राख्ने चरणमा छौं । ढिलो चाँडो लेवल राख्छौं ।’
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘निजी क्षेललाई गुणस्तर कायम भएन भनेर कारबाही गर्ने सरकारले चाहिँ जे पायो त्यही गर्न कहाँ मिल्छ र ?
अनुगमन टोली पुगेका बेला कम्पनीका प्रादेशिक प्रमुख पवित्र गौत्तम कार्यालय बाहिर थिइन ।
प्रतिक्रिया