नायिका सना खानले गरिन् बलिउड छाड्ने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७७, आईतवार ०४:५२

‘बिग बस’ बाट चर्चामा आएकी र बलिउडकी चर्चित नायिका सना खानको एक निर्णयले उनका प्रशंसक चकित परेका छन् । फिल्म इन्डष्ट्रिमा नाम र चर्चा पाउनका लागि मानिसहरु वर्षौंसम्म कडा मिहिनेत र प्रतिक्षा गर्छन् तर सनाले त्यहि इन्डष्ट्रिलाई अलविदा भनेकी छिन् । कुनै बेला सलमान खानसँग काम गरिसकेकी सना खानले अभिनयको दुनियाँलाई छोडेर इस्लामको दुनियाँ अपनाएकी छिन् । सनाले आफ्नो इन्स्टाग्राममा एउटा पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् ।

सनाले लेखेकी छिन्–‘आज म आफ्नो जिन्दगीको निकै नै संवदेनशिल मोडमा छु । म लामो समयदेखि ग्ल्यामर क्षेत्रमा छु र यसले मलाई नाम, दाम सबै दिएको छ । तर, केही समयदेखि मलाई एउटा सोचले घेरेको छ, त्यो के भने के मानिस यो दुनियाँमा आउनुको कारण नाम र दाम मात्र हो ? के दुःखी र गरिबको लागि काम गर्ने जिम्मेवारी मानिसको होइन ? के मानिसले यो सोच्न जरुरी छैन कि कतिबेला उसको मृत्यु हुन्छ ? उ मरेपछि के बन्छ ? यी दुई प्रश्नले मेरो दिमागमा कब्जा जमाएको छ । मलाई यो कुरा थाहा भएको छ कि, यो जिन्दगी मरेपछि जिन्दगीलाई उत्कृष्ट बनाउनका लागि नै हो ।’

सनाले ग्ल्यामर दुनियाँ छाडेर आफूलाई जन्माउने अल्लाहको आदेश अनुसार अगाडि बढ्ने निर्णय गरेको उल्लेख गरेकीछिन् । उनले, आफूलाई ग्ल्यामर दुनियाँको कुनै पनि कामका लागि अफर नगर्न अपिल गरेकी छिन् ।

सनाले सन् २००५ मा हिन्दी चलचित्र ‘यही हे हाई सोसाइटी’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यसपछि उनले बलिउड, मलयालम, तमिल, तेलुगु, कन्नड जस्ता चलचित्र नगरीमा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१