वल्डलिंक र फेसबुकबीच सहकार्य : ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई राखिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७७, आईतवार ०४:४३

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक वल्डलिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ ।

बिहीबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रममार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् ।

उक्त सेवा बिहीबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वल्डलिंकले जनाएको छ । तर उक्त सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ ।

वल्डलिंक मार्फत उपलब्ध गराइने यस्तो वाईफाई सेवा उपभोग गर्नका लागि प्रयोगकर्ताहरुले उपलब्ध स्थानमा मोबाइल नम्बर राख्नुपर्नेछ र कोर्ड प्राप्त भएपछि रजिष्ट्रर गरेर वाईफाई सेवा उपभोग गर्न सकिने छ ।

यस्तो सेवा सञ्चालनका लागि फेसबुकले वल्डलिंकलाई आवश्यक पूर्वाधार सेवा उपलब्ध गराउने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१