प्रचण्डले ओलीलाई दिए मन्त्रिमण्डल पुनर्गठनमा यी ८ नाम : ओलीको असन्तुष्टि यस्तो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७७, शुक्रबार ०५:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । तर, मन्त्री बन्ने व्यक्तिको नाममा अध्यक्षद्वयबीच सहमति हुन नसकेपछि दसैंपछिमात्रै मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्षद्वयबीच बालुवाटारमा आज पनि घन्टौँ छलफल भएको छ । तर, सहमति भने कायम हुन सकेको छैन । स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीको तर्फबाट ८ जना व्यक्तिको नाम मन्त्री बनाउनका लागि ओलीलाई दिएका छन् । ती नाममा ओलीले सहमति जनाएका छैनन् ।

स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीको तर्फबाट वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र खानेपानी मन्त्री बिना मगरलाई मन्त्रीमा कायम राख्नका लागि आग्रह गरेका छन् । त्यस्तै नयाँ मन्त्रीका लागि प्रचण्डले पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङलाई सिफारिस गरेका छन् ।

बालुवाटार स्रोतले भन्यो, ‘प्रचण्ड कमरेडले ८ जनाको नाम दिनु भएको थियो । त्यसमध्ये प्रधानमन्त्रीले ४ जनाको हटाएर चार जनाको नाम थप्नका लागि आग्रह गर्नुभयो । प्रधानमन्त्रीज्यूले टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट र प्रभू साहको नाम थप्नका लागि आग्रह गर्नु भएको थियो ।’

ओलीले पूर्वएमालेका नेताहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् । स्रोतका अनुसार पूर्वएमालेका तर्फबाट महासचिव विष्णु पौडेल, उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुल्सा थापा, भीम रावल, सुरेन्द्र पाण्डेलगायतलाई मन्त्री बनाउने विषयमा छलफल गरिरहेका छन् । सहरी विकास मन्त्री नबन्ने घोषणा गरेका पाण्डेलाई उपप्रधानसहित मन्त्री बनाउने विषयमा छलफल चलिरहेको छ ।

एकदुई दिनमा सहमति नभएमा तत्कालका लागि ओलीले तीनजना खाली ठाउँमा मन्त्री बनाएर दसैँ, तिहारपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बालुवाटार निकट स्रोतको दावी छ । ओलीले पहिलो चरणमा कृषिमन्त्री घनश्याम भुषाल र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई जसरी पनि हटाउने बताउँदै आएका छन् ।

यसैबीच नेकपाभित्रको विवाद फेरि बल्झिने संकेत देखिएको भन्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाल, स्थायी कमिटी सदस्यद्वय रावल र पाण्डेसँग हिजो आफ्नो निवासमा छलफल गरेका छन् । नेपालले पछिल्लो चरणका छलफलमा अविश्वास बढ्दै गएको भन्दै प्रचण्डसँग प्रश्न गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१