पारदर्शिताको माग गर्दै गणेशमान सिंह बहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा तालाबन्दी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०७७, बिहीबार ०५:४६

काठमाडौं । काठमाडौंको कलंकीस्थित गणेशमान सिंह बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । क्याम्पसलाई पारदर्शी ढंगबाट चलाउनुपर्ने लगायतका विभिन्न माग राखेर विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

क्याम्पस प्रमुखमार्फत व्यवस्थापन समितिलाई असोज ९ गते आफूहरुले बुझाएको ज्ञापनपत्रलाई बेवास्ता गरिएको भन्दै उनीहरुले असोज १३ गतेदेखि क्याम्पसमा ताला लगाएका छन् ।

संचालक समितिले गरेको निर्णय खारेज गर्नुपर्ने, शुल्क वृद्धि गरी असुल गरिएको शुल्कको यथार्थता सार्वजनिक गर्नुपर्ने, शुल्क वृद्धि सम्बन्धि भ्रम फैलाउने व्यक्ति सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेको विद्यार्थी एम एन इटनीले जानकारी दिए ।

यसअघि गत पुष २८ गते पेश गरेको ७ बुँदे मागका सम्बन्धमा पनि प्रशासन मौन रहेको प्रति आफूहरुको आपत्ति रहेको उनले बताए । क्याम्पसलाई पारदर्शी, विधि र विधान अनुरुप संचालन गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएपनि सुनुवाई नभएको गुनासो प्राध्यापकहरुको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१