मोरङ, २ असोज ।
महिला हिंसाका मुद्दाहरू आईरहने गरेको समयमा पुरूष हिंसाको पनि मुद्दा दर्ता भयो । मोरङ जिल्ला अदालतमा पहिलोपटक पुरुष हिंसाको मुद्दा दर्ता भएको छ ।
श्रीमती र छोराछोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै विराटनगर १९ का खेम लोहनीले मोरङ जिल्ला अदालतमा पहिलोपटक मुद्दा दर्ता गराएका हुन् । स्थानीय सनराइज बोडिङ स्कुलका सञ्चालक ५४ वर्षीय लोहनीले ४५ वर्षीया पत्नी सुधा लोहनी, छोराहरु २८ वर्षीय रविराज २६ वर्षीय बिप्रव र २३ वर्षीया छोरी अदैतालाई प्रतिवादी बनाएका छन् । लोहनीले श्रीमती सुधा र छोराछोरीले आफूलाई हेलाहोचो गरेको, मानसिक यातना दिई खान लगाउन नदिएको आरोप लगाएका छन् । उनी हाल घर परिवारमा बस्न नसकेको भन्दै छुट्टै बस्दै आएका छन् ।
आफूले धनसम्पत्ति खर्चेर छोराछोरीलाई गुणस्तरीय विद्यालयमा उच्च शिक्षा पढाएको तर छोराछोरीले पनि आमासँग लागेर आफूलाई हिंसा गरेकाले न्यायका लागि मुद्दा दर्ता गराउन बाध्य भएको लोहनीले बताए । गत साउन १२ गते पहिलोचोटी घरेलु हिंसा शीर्षकमा दर्ता भएको उक्त मुद्दा दर्ता भएको रेकर्ड पहिलो जिल्ला अदालत मोरङले जनाएको छ ।
प्रतिक्रिया