काठमाडौं। प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ ।
विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ ।
जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतका ठाउँमा मंगलबार बेलुका दिपावली गरिएको हो।
मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाइ बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको थियो।
तुलसीपुरको बीपी चोकमा मंगलबार साँझ नेपाली कांग्रेस क्षेत्र नं. ३ ले दिपावली गरेको छ।
यसैगरी दाङ प्रादेशिक राजधानी सरोकार समितिले घोराहीमा बाजागाजासहित प्रदर्शन गरेको छ ।
प्रतिक्रिया