२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १,०१७ कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७७, बुधबार ०५:०७

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना गरी जम्मा १,०१७ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी जम्मा १ हजार ५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

योसहित नेपालमा पछिल्लो २४ घण्टामा १,५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप २,३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१