कांग्रेस केन्द्रीय समिति बैठक २५ गते सम्मलाई स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७७, सोमबार ०६:०६

काठमाडौँ। नेपाली कांग्रेसका केही नेताहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको थियो ।

यसैगरी काठमाडौँ बाहिर परीक्षण गरेका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजयकुमार चौरसियामा पनि सङ्क्रमण पुष्टि भएकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी यही असोज १९ गतेका बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक यही असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको समेत उनले बताए ।

कांग्रेसले सङ्क्रमण देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शीघ्र सङ्क्रमण मुक्तिको कामना समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१