जहाँ छौँ त्यही बसेर दशैँ मनाऔँ : स्वास्थ्य मन्त्रालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७७, सोमबार ०६:०३

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जहाँ छौँ त्यहि बसेर दशैँ मनाउने व्यवस्था गर्नको लागि समन्वय गर्नका लागि सन्देश प्रवाह गर्ने भन्ने निर्णय भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको इन्सिडेण्ट कमाण्ड सिस्टमका पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै सबै किसिमका गोष्टी, सेमिनार तथा बैठकहरु नगर्ने र नगराउने व्यवस्था गर्ने निर्णय भएको समेत उनले बताए ।

साथै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेहरुलाई दण्ड जरिवाना गर्ने गरी जरिवानाको दररेट निर्धारण गरी स्वीकृतीको लागि प्रस्ताव पेश गर्न लागिएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१