टेलिकमले नागरिकलाई दियो सास्ती, हेलो हेलोमै सकिन्छ पैसा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १५:४५

काठमाडौं,२ असोज ।
नेपाल टेलिकमको मोबाइल सेवामा केही दिनयता आएको खराबीले न सजिलै सम्पर्क हुन्छ न प्रस्ट सुनिन्छ। गत आर्थिक वर्ष ११ अर्ब २९ करोड ९१ लाख रुपैयाँ नाफा गरेको टेलिकमले आक्रामक रूपमा बजार विस्तार गरे पनि सेवाग्राहीलाई सन्तुष्ट पार्न सकेको छैन। एकचोटिको प्रयासमा राम्ररी कुराकानी हुन नसक्दा घरिघरि फोन गर्नुपर्ने बाध्यता छ। यसले सर्वसाधारणको पैसा अनाहक खेर गइरहेको छ।10670269_837210002970110_1210250417635270988_n
नेपाल टेलिकमको पल्स सिस्टमअनुसार न्यूनतम २० सेकेन्डको एक पल्स गणना हुन्छ। अर्थात्, एक मिनेटमा तीन पल्स जान्छ। यसअनुसार दुई सेकन्ड हेलो भन्दा पनि २० सेकेन्डकै पैसा तिर्नुपर्छ। टेलिकमको पोस्टपेड सेवामा प्रतिमिनेट एक रुपैयाँ र प्रिपेडमा १ रुपैयाँ ५० पैसा शुल्क लाग्छ। दुई वर्षअघि टेलिकममा १५ सेकेन्डको एक पल्स गणना हुन्थ्यो।
जिएसएममा एक करोड ग्राहक थप्ने लक्ष्यसहित अघि बढेको टेलिकमको सेवाबाट रुष्ट बनेका उपभोक्ता ‘खराब सेवाका कारण व्यर्थ पैसा खेर गयो’ भन्दै दिनहुँजसो टेलिकममा गुनासो गर्छन्। टेलिकमका अधिकारी भने प्राविधिक कारण देखाउँदै पन्छिने गरेका छन्।
नेपाल टेलिकमको सेवा कहिलेकाहीँ त लामो समयसम्म नै अवरुद्ध हुँदै आएको छ। गत भदौ १८ गते डेढ घन्टा अवरुद्ध भएको थियो। त्यसअघि पनि २ घन्टा सेवा अवरुद्ध भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१