सचिवालयका सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्रीले गरे सबै भेटघाट बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७७, आईतवार ०५:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले भेटघाट बन्द गरेका छन् । सचिवालयका सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भेटघाट बन्द गरेका हुन् ।

शनिवार बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार स्वाब संकलन गरी शनिवार परीक्षण रिपोर्ट आउँदा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल , परराष्ट्र सल्लाहकार डा राजन भट्टराई , प्रेस सल्लाहकार सूर्य थापा , प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी र फोटो पत्रकार राजन काफ्लेलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेका हुन् ।

परीक्षणका क्रममा प्रधानमन्त्री निवास बालुवाटारका कार्यरत नेपाली सेनाका २८ , सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धान विभागका ३ जना सहित ७० सुरक्षाकर्मी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, चालक धर्मराज पाण्डे, स्वकीय सचिव राजेश बज्राचार्य तथा दिपेन्द्र दाहालको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१