गगन थापालाई कोरोना संक्रमण पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७७, आईतवार ०५:३२

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ ।

केन्द्रीय समिति बैठकका लागि कांग्रेसले गराएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको नेता थापाले खबरहबलाई बताए ।

उनले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् । कांग्रेसका अनुसार अन्य केही नेताहरुको समेत कोरोना संक्रमण पुष्टि भएको छ । तर कतिजना नेतामा कोरोना संक्रमण देखियो भन्ने विषय भने अहिले नै थाहा हुन नसकेको जनाइएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक आगामी सोमबारका लागि बोलाइएको थियो ।

त्यसअघि भोलि पदाधिकारी बैठक बोलाइएकको थियो । आज बसेको पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुको बैठकमा नेता गगन थापा पनि सहभागी भएका कारण शिर्ष नेताहरु समेत कन्ट्याक्ट टे«सिङमा परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१