बूढानीलकण्ठका मेयर खरेललाई कोरोना पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७७, आईतवार ०५:३०

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार  खरेलको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जानकारी दिएको छ  ।

मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएका खरेलले पनि परीक्षण गराएको नगरपालिकाले जनाएको छ ।

कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ । नगरपालिकाका अनुसार उनमा लक्षणसमेत देखिएको छैन । मेयर खरेल अहिले होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१