कोरोना संक्रमणको १६ दिनपछि २५ वर्षीया दीपा कुँवरको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७७, शनिबार ०४:३७

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि २५ वर्षीया युवतीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेकी २५ वर्षीया दीपा कुँवरको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

दीर्घरोग वा अन्य स्वास्थ्य समस्या नभएको र उनको मृत्युको कारण कोभिड १९ रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दीपाको स्थायी ठेगाना धनगढीको सन्तोषी टोल रहेको छ । उनी केहीवर्षदेखि बाँकेको नेपालगञ्जमा बस्दै आएकी थिइन् ।

भदौ ३० गते स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको र त्यहीँ दिन भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । निरन्तर स्वास्थ्यमा जटिलता देखिएपछि प्लाज्मा थेरापी र रेमडिसिभिर दिएर उपचार थालिएको थियो ।

बिहान ११ बजे स्वास्थ्य अवस्था जटिल बनेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, बेलुकी पौने ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कोरोनाका कारण उनको दुबै साइडको फोक्सोमा निमोनियाको समस्या देखिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१