पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३३०७ जनाले जिते कोरोना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७७, शनिबार ०४:३२

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणसँगै संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण जित्नेहरुको संख्या ६० हजार ६ सय ९६ जना पुगेको जानकारी दिए ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय २२ जनासहित देशभर संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए । कोरोना संक्रमणबाट ५ सय २० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१