गर्भपतन गराउनेको संख्या बढ्यो, अस्थायी साधन प्रयोग गर्ने घटे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १५:३९

काठमाडौँ,२ असोज । पर्वतमा परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने तथा सुरक्षित गर्भपतन गराउनेको संख्यामा कमी आएको छ ।
आकस्मिक गर्भपतनका औषधी प्रयोग गर्नेहरुको संख्या बढेपछि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने र सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको हो ।pregnant-woman-33-300x300
परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पर्वतले परिवार नियोजन महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाको सहकार्यमा बिहीबार गरेको कार्यक्रममा पछिल्लो समयमा गर्भधारण भएपछि आकस्मिक गर्भपतनका साधनहरुको प्रयोग गर्नेको संख्या बढेको तथ्यांक सार्वजनीक गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्वत जिल्लामा तीन बर्ष पहिले पिल्स प्रयोग गर्नेको संख्या ५ सय ४६ रहेकोमा आर्थिक वर्ष २०६९/०७० मा ४ सय ५५ र गएको आर्थिक वर्षमा ३ सय ७१ मा झरेको छ ।
यस्तै कण्डोमको प्रयोग गर्नेको तीन बर्ष पहिलेको संख्या १ हजार २ सय ३५ रहेकोमा गएको बर्ष थोरै मात्र बढेर १ हजार ३ सय ६७ पुगेको छ । तीन महिने सुई लगाउनेको संख्या पनि तीन बर्ष पहिले ८ सय ८२ थियो भने अघिल्लो बर्ष घटेर २ सय ३१ पुगेको छ ।
सुरक्षित गर्भपतन गर्नेको संख्या तीन बर्ष पहिले १ हजार १ सय रहेकोमा अघिल्लो बर्ष घटेर ६ सय ७१ पुगेको छ । यो तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय मातहतका संस्थाको मात्र हो । प्राइभेट मेडिकल, अस्पताल र अन्य संस्थाको जोडिएको छैन तर ती संस्थामा पनि अवस्था भने यस्तै छ ।
यस्ता संस्थामा गर्भ निरोधका लागि अस्थायी साधनको प्रयोग नगर्ने तर गर्भधारण रोक्न ७२ घण्टे औषधीको प्रयोग गर्नेहरु अत्याधिक मात्रामा बढेको पाइएको छ । यस्तो औषधीको बारम्बार प्रयोग गर्दा महिलाको स्वास्थ्य र प्रजनन क्षमतामा समेत गम्भीर असर पर्छ ।
तर स्वास्थ्यको ख्याल नगरी पसलबाट किनेर आफूखुशी औषधी प्रयोग गर्नेहरु धेरै बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. नारायण ओझाले बताउनुभयो । ‘यस्ता साधनको प्रयोग अनिच्छित गर्भ रहँदा एक वा दुई पटक सम्म प्रयोग गर्दा राम्रो ’ उहाँले भन्नुभयो ‘पटक पटक प्रयोग गर्दा यसले महिलाको स्वास्थ्य र प्रजनन शक्तिमा ह्रास आउन सक्छ ।’
यस्ता औषधीहरुमा हर्मोनको प्रयोग गरिएकाले बाँझोपन बढाउने र अन्य स्वास्थ्य समस्या निम्ताउने खतरा रहन्छ । बजारमा इकोन लगायतका यौन सम्पर्क गरेपछि ७२ घण्टा भित्र सेवन गर्दा गर्भ नरहने औषधीहरु बिक्री हुने गरेका छन् ।
बवाहित महिला मात्रै नभई युवतीहरुले समेत यस्ता औषधीको प्रयोग गर्दै आएका छन । गर्भधारणबाट बच्न यस्ता औषधी प्रयोग गर्नुभन्दा गर्भधारण हुनबाट रोक्ने कण्डोम, पिल्स, डिपिटी, कपरटी, संगिनी सुईको प्रयोग गर्नु उपयुक्त हुने स्वास्थयकर्मीको भनाई छ ।
गर्भधारण भएमा ९ हप्तासम्ममा अस्पताल, मेरिस्टोप्स जस्ता संस्थामा पुगेर सुरक्षित गर्भपतन समेत गराउन सकिन्छ । यसले कम जोखिम ल्याउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नारायण ओझाले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१