अनसन तोड्न डा. केसीलाई सरकारको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७७, शुक्रबार ०५:१४

काठमाडौं । सरकारले १८ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । असामान्य अवस्थामा अनसन बस्न सुहाउने विषय नभएको भन्दै सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।

बिहिवार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै उनले भने, ‘आजमात्रै हामीले कोरोनाबाट एक जना चिकित्सकलाई गुमाएका छौं । यस्तो बेलामा अनसन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन म डाक्टर केसी र उहाँका साथीहरूलाई आग्रह गर्दछु ।’

मन्त्री ज्ञवालीले सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि सुरू भइसकेको जानकारी दिँदै सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको र यसमा थप दबाव दिनु जरूरी नभएको बताए । डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत छन् । विभिन्न मागहरु राखी जुम्लामा अनसन बसेका डा. केसीलाई बलप्रयोग गरी काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१