काठमाडौं । सरकारले एउटै व्यक्तिलाई १२ देशको राजदूतमा सिफारिस गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुका डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतका अतिरिक्त बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मोरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।
राजदूत नियुक्तको बिषयलाई लिएर नेकपामा विवाद उत्पन्न भएको छ । पार्टीमा कुनै छलफल बिना नै प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय ढंगले राजदूत नियुक्त गरेको भन्दै नेकपामा विवाद भएको हो ।
प्रतिक्रिया