अमरसिंह नमुना उच्च माध्यमिक बिद्यालयमा चरम लापरवाही , ने वि संघ द्धारा ३ दिने अल्टिमेटम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७७, शुक्रबार ०४:५४

पोखरा । कम्युनिस्ट सत्ताको आवरणमा भ्रस्टचारको अखडाका रूपमा पनि उत्कृष्ट भएको भन्दै आज बाट नेपाल बिधार्थी संघले ३ दिने अल्टिमेटम सहित चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

बिधालय ब्यवस्थापन समितिको नाममा एवं कम्युनिस्ट आवरणमा भएको चरम भ्रस्टचारको छानबीन गरी दोषीलाई कारवाहीको गरिनुपर्ने, केही समय अगाडी आफनै छात्रा माथि यौन दुरब्यवहार गर्ने शिक्षकलाई कडा कानूनी कारवाही गर्नुपर्ने, शिक्षक कर्मचारी नियुक्तिमा भएको अनियमितताको निष्पक्ष छानबिन गर्नुपर्ने, बिधालय ब्यवस्थापन समिति गठन सम्बन्धमा असहमति प्रकट गर्दै निर्णय पुनर्विचार गरी राजनीतिक सहमति गर्नुपर्ने, अमरसिंह ईन्जिनियरिङ कलेज दर्ता खारेज सार्वजनिक गर्नुपर्ने, कक्षा ११ को नयाँ भर्नामा भएको ब्यापक अनियमितताको निष्पक्ष छानबीन गर्न संघले पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष रामबहादुर कार्की तथा बिद्यालयका प्रध्यानाध्यापक तेजस्वी बराललाई आज ज्ञापनपत्र बुझाएको छ ।

उक्त कोण सभामा नेविसंघका पुर्व केन्द्रिय सदस्य सरोज केसीले अमरसिंहलाइ मुलुककै नमुना मा.वी हुनवाट रोक्ने तत्वलाई खबरदारी गर्दै जायज माग सम्बोधन नभए आन्दोलनको आधीबेरी र्सिजना गर्ने चेतावनी दिए । कोणसभामा नेविसंघका पुर्व केन्द्रिय सदस्य भानु ढकाल, गोपाल गुरुङ, ईकाई सभापति दिवश शर्माले बोलेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१