पूर्वमन्त्री खड्काको गाडीले ठक्कर दिएर एक महिलाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७७, बिहीबार ०५:२४

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काको गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अगाडिको जेब्राक्रसमा पूर्वमन्त्री सवार गाडीले ठक्कर दिएको र ती महिलाको उपचारका क्रममा ज्यान गएको थियो ।

असोज ७ गतेको घटना प्रहरीले गुपचुप राख्न खोजेपछि ज्यान गुमाउने महिलाका आफन्तले लिखित उजुरी दर्ता गरेका थिए । बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले ठक्कर दिँदा बुढानीलकण्ठ नगरपालिका ६ का विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाई ठक्कर दिएको थियो । यी दुई श्रीमान, श्रीमती हुन् ।

श्रीमती अनुपाको उपचारका क्रममा मृत्यु भएको छ भने श्रीमान विक्रम घाइते भएका छन् । वडाध्यक्ष नवीन केसीले प्रहरीले घटना लुकाउन खोजेको आरोप आफन्तले लगाएको जानकारी दिए । निवेदनमा गाडीले ठक्कर दिएर भागेको उल्लेख छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले दुर्घटनामा संलग्न भनिएका चालक जयराज जोशीलाई नियन्त्रणमा लिइसकेको जानकारी दिए । गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाइकले ठक्कर दिएर भागेपछि गाडीले किचेर भागेको जनाएको छ । मोटरसाइकलको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१