काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हुने भनिएको भेटवार्ता स्थगित भएको छ।
मन्त्रिपरिषद् पुनर्गठनमा सहमति खोज्न निरन्तर छलफलमा जुटेका अध्यक्षद्वय ओलीप्रचण्डबीच भेटवार्ताको तयारी थियो । आजको भेटवार्ता स्थगित गरिएको छ ।
अध्यक्षद्वयबीच छलफलकै आधारमा भेटवार्ता स्थगित गरिएको खुमलटार निकट स्रोतले जनाएको छ । उपाध्यक्ष बामदेव गौतमबारे सर्वोच्च अदालतले निर्णय गरेपछिमात्रै भेटवार्ता गर्ने तयारी स्वरुप भेट स्थगित गरिएको स्रोतको भनाइ छ ।
मन्त्रिमण्डल पुनर्गठनका विषयमा दुवै अध्यक्षहरु आ–आफ्नो अडानमा छन् । ओलीले ६ जना नयाँ मन्त्री थप्ने बताएका छन् भने प्रचण्डले सबै मन्त्रीहरुलाई फिर्ता ल्याउनुपर्ने अडान राखेका छन् ।
प्रतिक्रिया