ओली–प्रचण्डबीचको भेटवार्ता सकियो, मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७७, बुधबार ०५:३१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित भएपनि ठोस निष्कर्षमा पुग्न सकेन ।

एकहप्तादेखि निरन्तर भइरहेका भेटवार्तामा सहमति हुन सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका ओलीले ६ जना परिवर्तन गर्नुपर्ने अडान राखेका छन् भने प्रचण्डले धेरै संख्यामा परिवर्तनको आवश्यकता रहेकोमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले तीनवटा मन्त्रालय फुटाउने र तीनवटा थपेर राज्यमन्त्रीलाई बिदाइ गर्ने योजना अगाडि सारेका हुन् । प्रचण्डले सरकारको काममा सकरात्मक प्रभाव पार्नेगरी दुई वर्ष काम गरेकालाई परिवर्तन गर्नुपर्ने तर्क गरिरहेका छन् ।

भेटवार्ता अगाडि अध्यक्षद्वयले छुट्टाछुट्टै आफू निकट नेताहरुसँग छलफल गरेका थिए । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति बन्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुनसकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१