उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७७, बुधबार ०५:२९

काठमाडौं । काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै फेला परेका छन् । पछिल्लो २४ घन्टामा ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या देशभरको संक्रमितको संख्याको आधा भन्दा धेरै हो ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१