नेपालमा कोरोनाविरुद्धको २ लाख ५० हजार डोज रुसी भ्याक्सिन ल्याउने सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७७, बुधबार ०५:२७

एजेन्सी । नेपालमा रुसमा बनाइएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार रुसी भ्याक्सिन स्पुतनिक-५ भ्याक्सिनको २ करोड ५० लाख डोज ल्याइनेछ ।

द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ)ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग सम्झौता भएको जनाएको छ । विज्ञप्तिमा नेपालका ९० प्रतिशत मानिसलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने उल्लेख गरिएको छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भने मान्यता दिएको छैन । तर पनि विभिन्न ५० देशले भ्याक्सिन किन्नका लागि निवेदन दिएका छन् । अहिलेसम्म भारतले १० करोड, ब्राजिलले ५ करोड, मेक्सिकोले ३ करोड २० लाख र उज्वेकिस्तानले ३ करोड ५० लाख डोज खरिद गर्ने सम्झौता गरिसकेका छन् ।

भारतीय कम्पनी ट्रिनिटीका निर्देशक किशोर अधिकारीले नेपाल सरकारले अनुमति दिएसँगै भ्याक्सिनलाई नेपाली बजारमा पठाउने बताउँछन् । उनले अन्तिम चरणको परीक्षणको नतिजा कुरिरहेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१