काठमाडौं । ट्राफिक प्रहरीले जोरबिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ देखि लागू हुने गरी उपत्यका भित्र जोरबिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाई गरिएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोरबिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियमअनुसार जोरबिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्कअनुसार ट्राफिक कारबाहीमा ८ सयभन्दा बढी सवारी परेका छन् ।
करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।
संक्रमणको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्ले समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भीडभाड बढिरहेको छ ।
प्रतिक्रिया