समाज कल्याण गतिबिधि नेपालको फुड बैंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७७, मंगलवार ०५:१२

काठमाडौं । केही युवाले थालेको अभियान यतिखेर देशव्यापी बनेको छ। यसलाई फुड बैंकको नाम दिइएको छ। दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेलाई राहत दिने उद्देश्यले समाज कल्याण गतिबिधि नेपाल (Social welfare Movement Nepal) ले पनि ललितपुरको बालकुमारी मन्दिरमा फुड बैंक संचालनमा ल्याएको छ । अभियानमा अहिले स्थानीय सहयोग र सहभागिता बढेको छ।

दैनिक जीवनयापनमा आएको जटिलता र रोजीरोटी गुमाएका मजदुर परिवारलाई लक्षित गरी समाज कल्याण गतिबिधि नेपालले यो कार्यक्रम सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष गणेश महताराले बताए। महताराका अनुसार कोही पनि भोकै बस्नु नपरोस् भन्ने उदेश्यका साथ सञ्चालनमा ल्याइएको फुड बैंकबाट सयौं जनाले खाद्यन्न सामाग्री प्राप्त गरिसकेका छन् ।120272989 940956209759013 7023645449970402554 n

‘मजदुर परिवारका पीडा र विशेष गरी भोको पेटलाई लक्षित गरी फुड बैंक सञ्चालनमा ल्याएको हो, महतारा भन्छन्, ‘फुड बैंकमा चामल, दाल, चिनी, नुन, सोयाबिन, चाउचाउ, भुजा, सेनिटाईजर, मास्क, तेल, बिस्कुट लगायत खाध्य सामाग्री राखिएको छ ।’

समान दिन र लिन आउनेका लागि सुरक्षाका मापदण्ड अपनाइएको छ । यो अभियानमा स्थानीयबाट पनि राम्रो सहयोग र सहभागिता पाएको संचारकर्मी अरुणा श्रेष्ठले बताईन। यसले साँझ-बिहान छाक टार्न कठिन भएकाहरूलाई राहत पुगेको छ । अभियानलाई अर्को चरणमा स्वयम्भुलगायत अन्य स्थानमा पनि विस्तार गरिने अध्यक्ष महताराले बताए । अभियानलाई हारती देवी लजिस्टिक, आईकेन, फ्रेशिया लगायतले सहायता गरेका थिए ।

‘एकअर्कालाई सहयोग गर्नु नै मानव धर्म हो,’ महतारा भन्छन्, ‘रोग र भोक कोही मर्न नपरोस् भनेर सक्दो कोशिस गर्दैछौं। सहयोगी हातहरू हुनुहुन्छ, हौसला पनि बढेको छ।’120240795 342351116882644 3760160464160301564 n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१