ओमानका लागि नेपाली राजदूत शर्मिलाद्धारा ओमानका श्रममन्त्री डा अलि बाउइनसँग भेट, नेपाल ओमानबीच छिट्टै श्रम सम्झौता हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७७, मंगलवार ०४:५६

काठमाडौँ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइनले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको छ । दुवै पक्षले आजको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । राजदूत पराजुलीले सन् २०२० को शुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमानसम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रेस-विज्ञप्ति

मिति २०७७।०६।११ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका श्रम मन्त्री महामहिम श्री डा. महद बिन सईद बिन अलि बाउइनज्यूलाई वहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको थियो।सो अवसरमा महामहिम राजदूतज्यूले ओमानका सुल्तानद्बारा श्रम मन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा महामहिम मन्त्रीज्यूलाई बधाई ज्ञापन गर्नुभयो।

महामहिम मन्त्री श्री डा. महद बिन सईद बिन अलि बाउइनले महामहिम राजदूतज्यूलाई कार्यकक्षमा स्वागत गर्दै ओमानको परराष्ट्र नीति,श्रम नीति तथा जनशक्तिको अवस्था लगायत अब आउने दिनमा यहाँको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा जानकारी गराउँदै एवं नेपाली जनशक्तिबारे जानकार रहेको बताउँदै श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास गर्न सकिने धारणा व्यक्त गर्नु भयो।नेपालको आर्थिक तथा सामाजिक पक्षमा जिज्ञासा राख्दै नेपाली कामदारहरुको प्रशंसा गर्दै आगामी दिनमा ओमानमा नेपाली कामदारहरुको संख्या बढाउने गरि अझै बढी सहकार्य गर्न ईच्छुक रहेको बताउनु भयो।
महामहिम राजदूत ढकालले माननीय मन्त्रीज्यूलाई नेपालको हालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराउनुहुँदै हाल नेपालले लिएको उद्देश्य “सुखि नेपाली सम्बृद्ध नेपाल” लाई कार्यान्वयन गर्न अख्तियार गरेका रणनीति एवं कार्ययोजनाहरुबारे जानकारी गराउनु भयो।महामहिम ढकालज्यूले ओमानमा रहेका नेपाली श्रमिकहरुको संख्या तथा अवस्थाबारेमा मन्त्रीज्यूलाई अवगत गराउँदै सन् २०२०को शुरुमा नेपालको संघीय संसद,प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्धारा ओमान लगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरि पेश गरेको ओमान सम्बन्धी प्रतिवेदनको बारेमा जानकारी गराउनु भयो।साथै महामहिम राजदूतज्यूले नेपाल र ओमान बीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराउनु भयो।
उक्त अवसरमा दुबै महामहिमज्यूले नेपाल र ओमान बीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।उक्त भेटमा ओमानको श्रम मन्त्रालयको तर्फबाट पदाधिकारीहरु तथा दूतावासको तर्फबाट द्धितीय सचिव श्री सोमेश थापा र श्रम सहचारी श्री दिनेश ढकाल सहभागी हुनुभएको थियो।

नेपाली राजदूतावास
मस्कट, ओमान

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१