मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान सागर थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७७, मंगलवार ०४:३८

काठमाडौँ। काठमाडौँ चुच्चेपाटीमा रहेको मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.ली. द्धारा सञ्चालित मनास्लु वर्ल्ड कलेजले नेपाली फुटबलर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सोमबार होटल मेरियटमा भएको हस्ताक्षर समारोह कार्यक्रमका बीच उनलाई मनास्लु कलेजले एम्बेसडरमा नियुक्त गरेको हो ।

कार्यक्रममा मनास्लुका अध्यक्ष गेन्द्र लामा र पूर्व कप्तान थापाले १ वर्षका लागि द्धिपक्ष सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै थापाले मनास्लुसंगको सहकार्यले आफुलाई थप जिम्मेवारी थपिएको बताए । शिक्षासंगै खेलकुदको विकासका लागि मनास्लुले गरेको कदको समर्थनका लागि आवद्ध भएको छु । आफ्नो तर्फबाट गर्नु पर्ने जिम्मेवारीलाई मनबाट नै गर्ने थापाले प्रतिवद्धता व्यक्त गरे । थापा भन्छन्-यस सहकार्यबाट म निकै हर्षित छु ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.ली.तथा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीमा भएको खेलकुदको क्रेजलाई मध्यनगर गर्दै फुटबल खेलको विकासका लागि नेपाली फुटबलर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाए ।

यस्तै मनास्लु इन्टरप्रिनर प्रा.ली.बारे जानकारी दिँदै अध्यक्ष लामाले युवा उद्धमीको बहु-आयामिक पक्षलाई जोड्नका लागि मनास्लु टिम अफ इन्टरप्रिनरको जन्म भएको हो । उक्त कम्पनी अन्तर्गत मनास्लु वर्ल्ड कलेज र प्राक्सिस इन्टरनेशनल एकेडेमी सञ्चालन भएको छ र आगामी दिनमा अन्य क्षेत्रमा पनि कम्पनी मार्फत लगानीको दायरा बढाउदै जाने बताए । लामा भन्छन्-मनास्लु वर्ल्ड कलेज विशुद्ध शैक्षिक व्यक्तिहरुको समुहले शिक्षा क्षेत्रमा केही गरौँ भनेर शिक्षामा नयाँ आयाम दिने उद्देश्यका साथ स्थापना भएको हो ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल राजन श्रेष्ठले पूर्व कप्तान सागर थापा कलेजको एम्बेसडर बन्दै हुनुहुन्छ भन्ने कुराबाट प्रेरित हुँदै नेपाली राष्ट्रिय फुटबल टिमका यू-१६ कप्तान जान लिम्बुसंगै एन्फाका अन्य खेलाडीहरु पनि मनास्लुमा भर्ना भइसकेका छन् । सोही प्रतिवद्धताको कार्यन्वयनका लागि थापासंग एम्बेसडरको लागि सम्झौता गरिएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१