कतारबाट दैनिक तीन वटा नियमित उडान हुने, अब स्वदेश फर्किन दूतावासको फाराम भर्न नपर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७७, सोमबार ०५:१४

दोहा – आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान हुने भएको छ । दैनिक तीन वटा एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक एक – एक वटा उडानहरु सञ्चालन गर्ने दूतावासले जनाएको छ ।

अब कतारबाट नेपाल जान चाहने यात्रुहरुले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरुमा टिकटका लागि सम्पर्क गरी सीधै स्वदेश फर्किन सक्नेछन् ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फाराम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

नियमित उडान सुचारु भएको सन्दर्भमा दूतावासको फाराम भर्नु नपर्ने र यसअघि फाराम भरिसकेका व्यक्तिले समेत सीधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गर्न सक्नेछन् ।

यसका लागि दूतावासले कुनै प्राथमिकता सूची प्रकाशन गर्न नपर्ने जनाएको छ । अब स्वेदश फर्किन दूतावासको फाराम भर्न नपर्ने भएको हो ।

दोहाबाट ४७ औं उडानमार्फत १४६ नेपाली स्वदेश फर्किए

यसैबीच कतारबाट १४६ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरूमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ४७ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ८ महिलासहित १४६ नेपाली जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपालीहरुको सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१