काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७७, सोमबार ०४:४६

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ सय ३३ जना, भक्तपुरमा ७२ जना र ललितपुरमा १ सय ४ जनासहित ८ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ जनाको कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१