अम्बानीले अदालतमा भने ‘मसँग एउटा कारमात्रै छ, वकिललाई तिर्न सबै गहना बेचिसकेँ, आम्दानी छैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७७, आईतवार ०५:३४

मुम्बई। दाजु मुकेश अम्बानी एशियाका सर्वाधिक धनी छन्। लगातार कम्पनीहरू घाटामा गएर टाट पल्टिएका भाइ अनिल अम्बानीसँग भने अब एउटा कारमात्रै बाँकी छ। ‘वकिलको फिस तिर्न मैले आफ्ना सबै गरगहना बेचिसकेँ,’ उनले शुक्रबार ब्रिटेनको अदालतमा भने, ‘म एकदमै साधारण जीवन व्यतीत गरिरहेको छु।’
उनले गत जनवरीमा ९ करोड ९० लाखका गरगहना बेचेको जानकारी दिएका छन्। ‘तिमीसँग थुप्रै विलासी कारहरू थिए भनिएको छ, त्यो के भयोङ भनेर सोधियो। उनले त्यसको उत्तरमा ‘त्यो मिडियाको अडकलबाजी हो। मसँग रोल्स रोयस कार पहिले पनि थिएन। म एउटामात्रै कार प्रयोग गर्छु’ भनेका छन्।

गत मे २२ मा इंग्ल्याण्ड उच्च अदालतले अनिललाई ५,२८१ करोड रुपैयाँ बक्यौता र कानुनी प्रक्रियाको शुल्कवापत ७ करोड रूपैयाँ तिर्न आदेश दिएको थियो। उनले १२ जुनसम्ममा तीन चिनियाँ बैंकलाई ठूलो रकम तिर्नुपर्ने थियो। तिरेनन्। त्यसपछि बैंकहरूले उनको सम्पत्तिका बारेमा जानकारी मागेका थिए।

TaTaTVS
गत जुन २९ मा उनलाई आफ्नो सम्पत्ति विवरण बुझाउन भनिएको थियो। हाल भारतमा रहेका अनिल शुक्रबार भिडियो कन्फ्रेन्सिङमार्फत ब्रिटेनको अदालतमा हाजिर भएका थिए। उनले आमाको ५०० करोड र छोरा अनमोलको ३१० करोडको कर्जा रहेको बताए। ऋण लिएर ५ अर्ब रूपैयाँ रिलायन्स इनोभेन्चर्सलाई दिएको बयाउन उनले दिए पनि यो लगानीका सर्तबारे आफूलाई सम्झना नभएको दाबी गरे।

रिलायन्स इनोभेन्चर्समा आफ्नो १.२ करोड सेयरको कुनै मूल्य नभएको बताएका उनले पारिवारिक कोषमा आफ्नो भागिदारी नभएको पनि बताए। चिनियाँ बैंकका वकिल थांकी क्युसीले उनीसँग सोधे ‘ट्रस्टहरूमा तपाइँले आफ्नो हकका विषयमा कुनै प्रमाण दिनु भएको छैन। दिनुहुन्छ?’

अनिलले अदालतलाई बताए – ‘एकै दिन अर्थात् ३१ डिसेम्बर २०१९ बाट १ जनवरी २०२० का बीच बैंकमा जम्मा रहेको मेरो पैसा ४०.२ लाखबाट घटेर २०.८ लाखमा आयो।’ अहिलेसम्म धनी भारतीय उद्योगीको सूचीमा नाम भए पनि आफूसँग ११ लाख डलरको कलाकृतिमात्रै रहेको उनले प्रस्टीकरण दिए।

२०१९/२० मा रिलायन्स इन्फ्रास्ट्रक्चरबाट आफूले केही नपाएको उनले बताए। खराब हालतका कारण त्यसबाट फाइदा हुने अवस्था नभएको उनको जिकिर थियो। ‘मेरो व्यक्तिगत खर्च निकै थोरै छ। मेरो बाँच्ने तरिका खर्चिलो छैन। मेरो आम्दानी पनि छैन। कानुनी खर्चमा लागि गरगहना बेचेँ, अगाडि आउने खर्चका लागि म अदालतबाट स्वीकृति पाएँ भने केही सम्पत्ति बेच्छु,’ उनले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१