रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । शरीर बन्धक, बलात्कार र ठगीको आरोपमा एक महिनाअघि पक्राउ परेका खड्कामाथि आज थुनछेक बहस सकिएसँगै अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।
धोबी बजारको सडक निर्माण गर्न गठिन उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले खड्काविरुद्ध शरीर बन्धक तथा अपहरणको उजुरी दिएसँगै गत साउन ३० गते उनी पक्राउ परेका थिए ।
पक्राउ परेसँगै गाउँपालिकाका एक स्थानीयले जग्गा ठगीको साथै गाउँपालिकाकै एक युवतीले आफूलाई दशमहिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन् ।
जिल्ला अदालत रामेछापले ठगीको उजुरीमा ५० लाख रुपैयाँ खड्काले तिर्नुपर्ने र शरीर बन्धकको २ लाख रुपैयाँ सजायको फैसला गरेको छ ।
जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको अदालतले जनाएको छ ।
प्रतिक्रिया