‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ अफर, ३ लाख रुपैयाँसम्म छुट पाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७७, शुक्रबार ०५:१८

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टीभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख रुपैयाँ डिस्काउन्ट दिने बताएको छ ।

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निः शुल्क एक्सेसरीज, सात वर्ष सजिलो फाइनान्स सुविधा, तीन बर्ष वारेन्टी र निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म)को अफर रहेको छ ।

यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २० गतेसम्म मात्र हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१