प्रहरी अस्पतालका ४२ डाक्टरले दिए सामूहिक राजीनामा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७७, शुक्रबार ०५:१३

काठमाडौं । नेपाल प्रहरी अस्पतालका ४२ जना डाक्टरले आफ्ना समस्या समाधान नभए ‘सामूहिक’ राजीनामा दिने बताएका छन् । अध्ययनका लागि नियमावली संशोधन गरी समयमै पास नहुँदा आफूहरुलाई समस्या परेको भन्दै डाक्टरहरुले सामूहिक राजीनामासम्मको पत्र लेखेका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टरलाई सम्बोधन गर्दै बुधबार लेखेको पत्रमा उनीहरुले अध्ययन अवधिमा हेरफेर गरेको संशोधन नियमावली तत्काल पास हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले विगतको नियमावली संशोधन गरी ३ वर्षमै अध्ययन गर्न नमिल्ने व्यवस्था गरी अध्ययन अवधिमा हेरफेर गरिएको र त्यससम्वन्धी संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेर अड्केकाले आफूहरु समस्यामा परेको बताएका छन् ।

संशोधनका लागि प्रक्रिया अघि बढेको प्रस्ताव तुरुन्त पास गर्नका लागि आवश्यक पहल गरिदिन अस्पतालका मेडिकल डाइरेक्टरलाई अनुरोध गरेका छन् । सो ‘संशोधन प्रस्ताव पास नभए सेवामा रहन नसक्ने भन्दै यसै पत्रमार्फत राजीनामा दिएको’ बताएका छन् ।

यस विषयमा जानकारी लिन अस्पतालका मेडिकल डाइरेक्टर एआइजी डा.आशा सिंहलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले नेपाल प्रहरीमा सामूहिक राजीनामा दिने व्यवस्था नभएको बताए । ‘आफ्ना समस्या आफ्ना हाकिमलाई दर्साएर अनुरोध गरिएको कुरा बुझ्नुपर्यो’ प्रवक्ता कडायतले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१