कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७७, शुक्रबार ०५:०१

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो समय देशभरको आधा भन्दा धेरै संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ९७ जनासहित देशभर संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५० हजार ४ सय ११ जना निको भएर घर फर्किएका छन् भने ४ सय ५३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१