साढे ७ करोडको छोकडा बन्दरगाहमा रोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७७, बिहीबार ०५:१७

वीरगन्‍ज। नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड रुपैयाँबराबरको ५० कन्टेनर छोकडा वीरगन्‍जमा रोकिएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदीश पूर्वे भन्छन्, नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको छ ।

उनले छोकडा छाड्ने वा नछाड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताए ।विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ ।

नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको हाे ।

उनले बन्दरगाहमा आइसकेका छोकडाको जाँचपासमा रोक लगाएपछि कच्चा पदार्थका रुपमा रहेको छोकडा सडेर बिग्रिन थालेको गुनासो गरे । व्यवसायीले सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट सरकारले छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छाड्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१