बाघको छाला र सालकको खपेटासहित १ युवा कास्की प्रहरीको नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७७, बिहीबार ०५:११

पोखरा । पोखराको शिसुवाबाट कास्की प्रहरीले अबैध बाघको छाला र सालकको खपेटासहित एक युवालाई पक्राउ गरेको छ । अनलाइन सर्भिसको काम गर्ने ती युवक धादिङ गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछाने हुन् । उनलाई अबैध बाघको छाला, सालकको खपेटा, हाड, खुट्टा तथा पंजासहित प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पोखरा–३१ शिसुवाबाट वनपोखरीतर्फ प्रदेश नं ३ को ३–०२–०११ प.७८०६ नम्बरको मोटरसाइकल मा जाँदै गर्दा मंगलबार साँझ ६:३० बजे कास्की प्रहरी र शिसुवा प्रहरीको सयुक्त टोलीले अबैध छालासहित लामिछानेलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिनुभयो ।

लामिछानेको साथबाट जेब्रा झोलामा लुकाइछिपाई ल्याएको अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको कास्की प्रहरीले जनकारी गराएको छ ।

यस घटना गर्ने ती युवकलाइ लामिछानेले थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१