चीनबाट ल्याएको स्वास्थ्य सामग्री रसुवागढी नाकाबाट नेपाल भित्रियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७७, बिहीबार ०४:५८

रसुवा । रसुवागढी नाकाबाट बुधबार अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएकाे हाे ।

आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिए ।

अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१