आज राष्ट्रिय परिवार नियोजन दिवस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार ११:१५

काठमाडौँ ,२ असोज  ।  नेपाल सरकारले पहिलो पटक आज असोज २ गतेलाई राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाउने भएको छ । प्रजनन स्वास्थ्यमा नेपाल परिवार नियोजन संघले पुर्याएको योगदानको कदर गर्दै संघकै स्थापना दिवसलाई सरकारले यस वर्षदेखि राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।

 यौन तथा प्रजनन अधिकारका क्षेत्रमा कार्यरत संघको वि.सं. २०१५ मा आजकै दिन स्थापना भएको थियो । आफ्नो स्थापना दिवसलाई संघले परिवार नियोजन दिवसका रुपमा मनाउँदै आएको हो । संघका ४२ जिल्लामा शाखा कार्यलय रहेका छन यस्ता शाखामा ११ हजार स्वयम् सेवक, १४ हजार तालिम प्राप्त किशोर किशोरी, ६५१ परिवार नियोजनका क्लिनिक, ७६ वटा युवा सुचना केन्द्र, २८ वटा परिवार स्वास्थ्य केन्द्र, आठ वटा प्रसुति केन्द्र लगायत सञ्चालन रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१