काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठीक तरिकाले भए नभएको सम्बन्धमा गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
मंगलबार प्रेस काउन्सिलले आफ्नो ५१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको अभ्यास ठीक तरिकाले भए नभएको सम्बन्धमा समिक्षा गर्नुपर्ने बेला आएको बताए ।
लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण गर्ने सम्बन्धमा देखिएका चुनौतीहरुका कारण लोकतन्त्रको अभ्यास ठीक तरिकाले भयो भएन समिक्षा आवश्यक भएको उनको भनाई छ । पछिल्लो समय विकास भएका प्रवृतिको सकारात्मक पक्ष र नकारात्मक पक्षले गर्दा लोकतन्त्रको कर्यान्वयनमा चुनौती बढेको पनि सभामुख सापकोटाले बताए ।
त्यसैले लोकतन्त्रलाई संस्थागत गर्ने सम्बन्धमा राज्यका निकायहरु र नागरिकको समेत भूमिका बढेको बताए । त्यसका लागि जनतालाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्नुको विकल्प नरहेको पनि सभामुख सापकोटाले स्पष्ट पारे ।
सभामुख सापकोटाले नागरिकसम्म सूचना पु¥याउन प्रेसले खेलेको भूमिकाको पनि प्रशंसा गरे । आफू शिक्षा र प्रेसप्रति नजिक रहेर काम गर्ने मौका पाएकाले पनि प्रेसको महत्व बुझेको बताउँदै लोकतन्त्रका अभ्यासलाई अझबढी प्रभावकारी बनाउन प्रेसको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याएका २७ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेको छ ।
प्रतिक्रिया