काठमाडौं बौद्ध बाट रक्तचन्दन तस्कर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७७, बुधबार ०५:३०

काठमाडौं । प्रतिबन्धित बनस्पति रक्तचन्दनको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गएराति महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गरेको अरपेशनमा चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो ।महाशाखाका अनुसार उनीहरूले डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने गरेको खुलासा भएको छ ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गाउँ पालिका घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

प्रहरीले उनीहरुका साथबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरेको छ।आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई रक्तचन्दनसहित काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१