काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु, ७६७ जनामा नयाँ संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७७, सोमबार ०५:०२

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ । यस्तै ७ सय ६७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

स्वास्थय मन्त्रालयकाअनुसार काठमाडौंमा ६ सय २ जना, भक्तपुरमा १ सय १ जना र ललितपुरमा ६४ जनमा नयाँ संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंमा ३ महिला तथा एक पुरुषको मृत्यु भएको छ भने भक्तपुर र ललितपुरमा एकएक जना महिलाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय २५ जनासहित देशभर संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४६ हजार २ सय ३३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ११ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१