काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट ६ हजार ७ सय ५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । संक्रमित एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाली सेनाका ३४ वर्षीय जवान रहेका छन् । सेनामा कुल २ हजार ५६ जना संक्रमित मध्य एक जवानको मृत्यु भएको हो ।
नेपाली सेनामा अहिले १ हजार ६ सय ४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय १ जना संक्रमणमुक्त भइसकेको नेपाली सेनाले जनाएको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित नेपाल प्रहरी बनेको छ । नेपाल प्रहरीमा ३ हजार ६ सय २६ जना कोरोनाको चपेटामा परिसकेका छन् ।
जसमध्ये १ हजार ८ सय ९ जनाले कोरोना जितिसकेका छन् । यस्तै १ हजार ८ सय १७ जना संक्रमित उपचाररत रहेका नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।
यता सशस्त्र प्रहरीमा कुल १ हजार २३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३ सय ५३ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमित ६ सय ७० जना उपचाररत छन् ।
प्रतिक्रिया