मनकामना केवलकार तत्काल सञ्चालन नहुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७७, आईतवार ०५:००

मुग्लिन । कोभिड–१९ का कारण विगत ६ महिनादेखि बन्द रहेको नेपाल कै पहिलो र लामो दुरीको मनकामना केवलकार तत्काल सञ्चालन नहुने भएको छ।

असोज १ गतेदेखि धेरैजसो क्षेत्रहरु सञ्चालनमा आएपनि मनकामना केवलकार भने तत्काल सञ्चालन नहुने भएको हो ।

मनकामना केवलकारका स्टेशन प्रमुख उज्वल शेरचनका अनुसार सरकारले धार्मिक क्षेत्रहरु खुला गर्ने निर्णय नगरेकोले मनकामना केवलकार तत्काल सञ्चालन नहुने भएको हो । यद्यपि आगामी दिनको अवस्था हेरेर सञ्चालनको लागि भने तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

मनकामना केवलकार विशेष गरेर देशकै चर्चित धार्मिक स्थल मनकामना आउने दर्शनार्थीले आवतजावतका लागि प्रयोग गर्ने गर्छ । सामान्य अवस्थामा दैनिक हजारौ दर्शनार्थीले ओहोरदोहोर गर्ने मनकामना केवलकार चैत ८ गतेदेखि पूर्ण बन्द छ ।

सरकारले अरु क्षेत्र खोले पनि विद्यालय र मठमन्दिर धार्मिक प्रतिष्ठान सञ्चालनको लागि अनुमति दिएको छैन । जसका कारण मनकामना मन्दिरमा हाल दैनिक नित्य पुजा हुने बाहेक सर्वसाधारणका लागि पुजा गर्न रोक लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१